१५ चैत्र २०८०, बिहीबार
Follow Us

मन्त्री गुरुङ्गको सहभागीतामा एनआरएनए युकेले अन्तराष्ट्रिय सेमिनार गर्दै

नेपालब्रिटेन डट कम्
२४ असार २०७७, बुधबार ०९:११

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले कोराना महामारी पछि नेपाली महिला समुदायमा परेको प्रभावको बारेमा अन्तराष्ट्रिय सेमिनार गर्ने भएको छ ।

संघकी अध्यक्ष पुनम गुरुङ्गका अनुसार आगामी शनिवार विहान (११ बजे बेलायती समय) जुम प्रविधी मार्फत सो सेमिनारको आयोजान गर्न लागिएको हो ।

महिला वालबालिका तथा वातावरणमन्त्री पार्वत गुरुङ्गको प्रमुखआतिथ्यमा हुने सो कार्यक्रममा सांसद, मिडियाकर्मी, महिला अधिकारवादी नेता, तथा गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले सम्वोधन गर्ने कार्यक्रमतय भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला, महिला अधिकारकर्मी, रेणु अधिकारी, एनआरएनए महिला संयोजक भूमा लिम्बु, एनआरएनए मध्यपूर्व महिला प्रतिनिधी यस्मीन वेगम लगायतले आआफ्नो विचार व्यक्त गर्ने छन् ।

कार्यक्रम संयोजक तथा एनआरएन युकेकी उपाध्यक्ष रोजीना राई प्रधानले सो कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइन् । राईका अनुसार मन्त्री गुरुङ्ग सहित सबै अतिथिले कार्यक्रममा सहभागी हुने निश्चित गरेका छन् ।

जुम (ओविनार) मार्फत हुने कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरुले कार्यक्रम शुरु हुनु भन्दा पहिले आफ्नो नाम दर्ता गर्नु पर्ने एनआरएनए युकेले जनाएको छ । कार्यक्रमलाई वेलायतस्थित प्रमुख मिडियाबाट प्रत्यक्ष प्रसारण गरिने भएको छ ।