१३ बैशाख २०८१, बिहीबार
Follow Us

अमेरिकीहरुलाई चीनले भिसा नदिने

नेपालब्रिटेन संवाददाता
२४ असार २०७७, बुधबार १५:५६

बेइजिङ । चीन तिब्बतको विषयमा हस्तक्षेपकारी भूमिका खेलेका अमेरिकीहरुलाई चीनले भिसा नदिने भएको छ । चीनको विदेश मन्त्रालयले आज पत्रकार सम्मेलनमा अमेरिकाले चालेको गलत कदमको प्रतिक्रिया स्वरुप तिब्बतको विषयमा असामान्य व्यवहार गर्नेलाई भिसा नदिने घोषणा गरेको हो ।

हङकङमा नयाँ सुरक्षा कानून लागू भएपछि अमेरिकाले चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरुलाई भिषा नदिने घोषणा गरेको थियो । त्यसकै प्रतिक्रिया स्वरुव चीनले पनि भिसा नदिने घोषणा गरेको हो । हालै अमेरिकाले विवादित जल क्षेत्र दक्षिण चीन सागरमा सैन्य अभ्यास गरेपनि दुई देशविच तनाव थप बढेको छ ।

चीनले आफ्नो दाबी गर्ने जलक्षेत्रमा अमेरिकी सैन्य अभ्यास भएपछि चीन अमेरिकासँग रुष्ट छ । अमेरिकाले हुवावे, जेटटीएसहितका चिनियाँ प्रविधि कम्पनीमा पनि प्रतिबन्ध लगाएपछि दुई मुलुकविच विवाद बढेको छ ।