१३ बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस भेलालाई सम्बोधन गर्न केन्द्रिय सदस्य पाण्डे फ्रयांकफोर्टमा

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७३, आईतवार ०८:४८

फ्रयांकफोर्ट । नेपाली कांग्रेसको यूरोपस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको आइतबारदेखि सुरु हुने भेलालाई सम्बोधन गर्न नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे फ्रयांकफोर्ट आइपुगेका छन् । पाण्डे फ्रयांकफोर्ट विमानस्थलमा आइपुग्दा गैरआवासीय नेपाली सँघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तले स्वागत गरे ।

जर्मनीको फ्रयांकफोर्डमा आयोजना हुने उक्त भेला दुई दिनसम्म चल्ने अन्तरकृयता तथा भेलामा सहभागी हुन् यूरोपस्थित नेपाली जनसम्पर्क समितिका नेता तथा कार्यकर्ता यहाँ जम्मा हुनेक्रम शनिवार देखी नै जारी छ ।
भेलामा नर्बे, स्वीडेन, डेनमार्क, स्वीट्जरल्याण्ड, स्पेन, पोर्तुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, लक्स्जम्बर्ग, पोल्यान्ड, बेलायत र आयरल्यान्ड लगायतका देशको प्रतिनिधिले भाग लिदैछन् ।
1
समितिको १० औं बार्षिकोत्सवको अवसर पारेर आयोजना हुने भेलामा पार्टी गतिविधिलाई यूरोप क्षेत्रमा सशक्त रुपमा विस्तार गर्न तथा संस्थागत संरचनाबारे धारणा बनाउने उदेश्यले आयोजित भेलामा भाग लिन आएका जनसम्पर्क समिति स्पेनको सभापति शलिग्राम डुम्म्रेले यूरोपभरी रहेका सबै साथीहरुको भेटघाट र जनसम्पर्क समिति यूरोपको बैधानिक बारेमा भेलामा छलफल हुने बताए । उनले लामो समय सम्म निस्कृय जस्तो रहेको जनसम्पर्क समिति यूरोप भेला पछि अझ शसक्त हुने विश्वास ब्यक्त गरे ।

गैरआवासीय नेपाली संघको अभियानलाई समेत अझ प्रभावकारी बनाउने बिषयमा छलफल गर्नका लागि जनसम्पर्क समिति यूरोपले बिभिन्न राष्ट्रिय समितिका सभापतिहरु, महाअधिवेशन प्रतिनिधिहरु तथा यूरोपस्थित कांग्रेस समर्थक नेता तथा कार्यकर्ता फ्रयांकफोर्डमा जम्मा हुने क्रम शुरु भएको छ । औपचारिक कार्यक्रम आइतवार साँझदेखि सुरु हुने भएको छ ।