१३ बैशाख २०८१, बिहीबार
Follow Us

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बस्ती नै बगायो

नेपालब्रिटेन संवाददाता
२५ असार २०७७, बिहीबार ०३:२४

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेस्थित जम्बु भन्ने स्थान नजिक बुल्कोटे खोला र सिंगार्चे क्षेत्रमा आएको बाढिमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जम्बुका २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीय छोरी रहेका छन् । बाढीमा परी २१ जना भन्दा बढी बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको छ ।

पहिरोमा परेर घाइतेको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि सेना र प्रहरी परिचालन गरिएको छ । बाढीले १५ वटा घरमा क्षती भएको स्थानीयले बताएका छन् । बाढीले बाह्रबिसे नजिकैको खागदल पुल र त्यहाको बस्ती नै बगाएको छ ।

बाह्रबिसे नगरपालिकाको बुल्कोटे खोला र सिंगार्चे क्षेत्रमा अबिरल बर्षापछिको बाढीका कारण अरनिको राजमार्ग समेत अबरुद्ध भएकाले उद्दारमा कठिनाई भएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ५ जम्बुमा गएको बाढीका कारण राजमार्गमा समेत क्षति पुगेको छ ।

वर्षाका कारण त्यस क्षेत्रका ठाडोखोलाहरुमा बाढि आएकाले भोटेकोशी नदिको बहाब समेत अत्याधिक बढेकाले कोश भन्ने आसपासका बजार तथा बस्तीहरुलाई सचेत र सुरक्षीत रहन आग्रह गरिएको छ । पानीको बहाव बढेपछि सुनकोशी जलविद्युतको आयोजनाको बाँधको सबै ढोका खोलिएको छ ।