August 8, 2020
6:08 PM | 10:53 PM

संक्रमण बढ्दो : अमेरिकामा विद्यालयहरु खोल्ने तयारी

  09/07/2020 मा प्रकाशित

न्यूयोर्क । कोरोना संक्रमण बढिरहेको बेला अमेरिकामा विद्यालयहरु खोल्ने तयारी गरिएको छ । कोराना भाइरस नियन्त्रणका लागि कडा नियमहरु लागू गर्नु ठिक होइन भन्दै स्कूलहरु अब चाँडै नै खोल्ने तयारी अमेरिकी सरकारले गरेको हो ।

अमेरिकी संक्रामक रोग बिशेषज्ञ तथा ह्वाइट हाउसका सल्लाहकार डा एन्थोनी फाउचीले भने अहिलेको अवस्थामा बिद्यालयहरु खोल्नु घातक हुने चेतावनी दिएका छन । संक्रमण नियन्त्रणमा आइनसकेको र भयावह स्थिती यथावत रहेका कारण विद्यालयहरु खोल्ने निर्णय गलत सावित हुने उनको भनाइ छ ।

संक्रमण बढदै गएपनि अमेरिकामा स्वास्थ्य सतर्कता अपनाइएको छैन । सामाजिक दुरी कायम नगर्ने र मास्क समेत प्रयोग नगर्नेको संख्या पनि उल्लेख्य छ ।

प्रतिक्रिया