७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालको नयाँ नक्साको विरोध गर्दै भारतले कूटनीतिक नोट पठायो

नेपालब्रिटेन संवाददाता
२५ असार २०७७, बिहीबार १०:४८

काठमाडौं । नेपालले लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नयाँ नक्सा प्रकाशित गरेकोमा भारतले असन्तुष्टि जनाउँदै कूटनीतिक नोट पठाएको तथ्य खुलेको छ। आज राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सो कुरा खुलेको हो ।

समितिका सभापति रामनारायण बिडारीले नेपालले नयाँ नक्सा जारी गरेकोमा असहमति जनाउँदै भारतले असार १० गते कूटनीतिक नोट पठाएको जानकारी दिएका हुन् । भारतले कूटनीतिक नोट पठाएको बारे परराष्ट्र मन्त्रालयले समितिलाई जानकारी गराएको उनले बताए ।

नेपालले नक्सा जारी गरेपछि भारतले कूटनीतिक नोट पठाएको विवरण परराष्ट्र मन्त्रालयले भने सार्वजनिक गरेको छैन । नेपालले नयाँ नक्सा सार्वजनिक गरि त्यस अनुसार निशान छाप परिमार्जन गर्नका लागि संविधान संशोधन गरेको थियो । सीमा विवाद समाधानका लागि नेपालले लगातार वार्ताका लागि प्रस्ताव गरे पनि भारतले आलटाल गर्दै आएको छ।