८ बैशाख २०८१, शनिबार
Follow Us

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुग्यो

नेपालब्रिटेन संवाददाता
२५ असार २०७७, बिहीबार १०:५०

काठमाडौं । नेपालमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ५३१ पुगेको मन्त्रालयले बताएको छ ।