१२ बैशाख २०८१, बुधबार
Follow Us

भारतीय खबर च्यानलहरुको प्रसारणमा रोक

नेपालब्रिटेन संवाददाता
२५ असार २०७७, बिहीबार १५:१०

काठमाडौ । विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले दूरदर्शनबाहेक भारतीय खबर च्यानलहरुको प्रसारण नेपालमा बन्द गर्ने निर्णय गरेका छन् । बिहीबार साँझदेखि वितरकहरुले भारतीय न्युज च्यानलको प्रसारण रोक्ने निर्णय गरे पनि केवल टेलिभिजन महासंघले आधिकारिक निर्णय गरेको छैन ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको भन्दै एमएसओले भारतीय खबर च्यानल बन्द गर्ने निर्णय गरेका हुन् । पछिल्लो समय भारतीय खबर च्यानलले प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेका थिए ।