४ बैशाख २०८१, मंगलवार
Follow Us

८ प्रहरीको हत्या गर्ने विकास दुवे इन्काउन्टरमा मारिए

नेपालब्रिटेन संवाददाता
२६ असार २०७७, शुक्रबार ०३:३७

नयाँ दिल्ली । एक डिएसपीसहित ८ प्रहरीको हत्या गर्ने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवेलाई लिएर आइरहेको उत्तर प्रदेशको एसटिएफको गाडी पल्टिएपछि प्रहरीको हतियार खोसेर भाग्न खोज्दा प्रहरीले गरेको जवाफी हमलामा दुबे मारिएको बताइएको छ ।