४ बैशाख २०८१, मंगलवार
Follow Us

म्यान्चेस्टर युनाईटेडद्वारा एस्टन भिल्ला पराजित

नेपालब्रिटेन संवाददाता
२६ असार २०७७, शुक्रबार ०८:१४

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले एस्टन भिल्लालाई ३–० ले हराएको छ । एस्टन भिल्लालाई उसैको मैदानमा पराजित गर्न म्यान्चेस्टर युनाईटेडका ब्रुनो फर्नान्डेज, मेसन ग्रीनउड र पउल पोग्बाले एक एक गोल गरे । जीतसँगै म्यान्चेस्टर युनाईटेडले ३४ खेलबाट ५८ अंक जोड्दै तालिकाको पाँचौं स्थानको पकड बलियो पारेको छ ।

ऊ छैटौं स्थानको वुल्भरह्याम्प्टन वान्डरर्स भन्दा ६ अंकले अघि छ भने चौथो स्थानको लेष्टर सिटीभन्दा १ अंकले पछि छ । तालिकामा ६० अंक जोडेको चेल्सी तेस्रो स्थानमा रहँदा ६९ अंकसहित म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ । सय अंकको किर्तीमान बनाउने अभियानमा रहेको प्रिमियर लिग च्याम्पियन लिभरपुलको ९२ अंक भएको छ । इंग्लीश प्रिमियर लिगमा गएराति भएका अन्य दुई खेल बराबरीमा सकिएका छन् ।

एभर्टन र साउथह्याम्पटनले १–१ गोलको बराबरी खेल्दा टोटनह्याम हट्सपर र बर्नमाउथ भने गोलरहित बराबरीमा रोकिएका छन् ।