१२ बैशाख २०८१, बुधबार
Follow Us

काठमाडौं थप ४२ जनामा कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
२६ असार २०७७, शुक्रबार १३:५१

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमित भेटिएको हो ।

नेपालमा पछिल्लो २४ घण्टामा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।
नेपालमा कोरोना मुक्त हुनेको संख्या ८ हजार ११ पुग्यो । पछिल्लो २४ घण्टामा १ सय २० जना डिस्चार्ज भएका छन् ।

आइसोलेसनमा रहनेको संख्या ८ हजार ६ सय ३ पुगेको छ । क्वारेन्टिनमा २३ हजार ९ सय १० जना रहेका छन् । हालसम्म पीसीआर विधिबाट २ लाख ७५ हजार ९ सय ५१ जनाको परीक्षण भएको छ भने पछिल्लो चौविस घण्टामा मात्र ४ हजार ८ सय १० जनाको परीक्षण गरिएको छ ।