१२ बैशाख २०८१, बुधबार
Follow Us

‘बोली पिरो केपी ओली हिरो’ भन्दै प्रधानमन्त्रीका ४ जना समर्थक सडकमा

नेपालब्रिटेन संवाददाता
२६ असार २०७७, शुक्रबार १३:५४

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् । शुक्रबार पनि ओली समर्थित युवाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । संसदमा दुईतिहाई बहुमतबाट प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थकमात्र देखिनुले उनको लोकप्रियता मापन गर्न सकिने बताइएको छ ।

मोटरसाइकल र्यालि सहित आएका युवाहरुले ओली सरकार समर्थनमा नाराबाजी समेत गरेका छन् । अबिरल परेको झरीको समेत वास्ता नगरि उनिहरुले ‘देशको मुहार हाम्रो भबिष्य हाम्रो सरकार’, ‘बोली पिरो केपी ओली हिरो’ लगायत ‘ओली सरकार हटाउन पाइदैन’ ,भारतले ओलीलाई हटाउन लागेको जस्ता भावमा ओलीको समर्थन गरिरहेका छन्।

गत शनिबार प्रधानमन्त्री ओलीले युवा संघ र विद्यार्थी नेताहरुलाई बोलाएर आफ्नो पक्षमा प्रदर्शन गर्न भनेका थिए। लगतै ओली निकट नेता कार्यकर्ताले लघडाउन उल्लंघन गर्दै देशैभर प्रदर्शन गर्दै आएका छन् । सडकमा उत्रिने र नारा लगाउने शैली हेर्दा उनीहरु सरकार विरोधी समूहले जति पनि सचेतता अपनाएको देखिदैन।