१३ बैशाख २०८१, बिहीबार
Follow Us

कोरोना भाइरस पुरै समाप्त पार्न सक्ने देखिएन : डब्लुएचओ

नेपालब्रिटेन संवाददाता
२७ असार २०७७, शनिबार ०६:०७

जेनेभा । विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरसलाई पूरै समाप्त पार्न सकिएलाजस्तो नदेखिएको जनाएको छ । डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले अहिलेकै स्थितिमा भाइरस नियन्त्रण चुनौतीपुर्ण देखिएको बताएका हुन् ।

उनले भाइरसलाई पूरै नष्ट गर्न सकिन्छ जस्तो नदेखिएको पनि उल्लेख गरे । दोस्रो लहर आउनबाट रोकेर र लकडाउन बढाएर अघि बढ्नुपर्ने सुझाव उनले दिएका छन् । शुक्रबार एकैदिन संक्रमितको संख्या हालसम्मकै बढी देखिएपछि डब्लुएचओको पछिल्लो प्रतिक्रिया आएको हो ।