१२ बैशाख २०८१, बुधबार
Follow Us

गुल्मी बन्द बाह्रौ दिन पनि जारी

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७३, आईतवार १०:३४

तम्घास । सरकारले संसदमा संशोधन प्रस्ताव दर्तागरि प्रदेश नम्वर पाँचवाट गुल्मी जिल्लालाई टुक्राउन लागेको बिरोधमा आव्हान गरिएको अनिश्चितकालीन गुल्मी बन्दको बाह्रौ दिन आज पनि बन्द यथावत छ । बन्दका कारण जिल्लाका सम्पूर्ण बजार, उद्योग तथा कलकारखाना लगायत यातायात सेवा समेत ठप्प छन् आन्दोलनकारीहरुले आज विहानैदेखि जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालयमा धर्ना जारी राखेका छन् । संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले दिनहुँ जिल्ला सदरमुकाम तम्घासमा फरक फरक प्रकृतिका प्रदर्शनहरु गर्दै आन्दोलनलाई थप शसक्त बनाउँदै लगेको छ । संयुक्त आन्दोलन परिचालन संघर्ष समितिको आयोजनामा आज सदरमुकाम तम्घासमा मानव साँङ्लो प्रर्दशन गरिने संघर्ष समितिका संयोजक भुवन प्रसाद श्रेष्ठले बताएका छन् । लामो समयसम्मको बन्दका कारण गुल्मीको जनजीवज दिनानुदिन थप कष्टकर बन्दै गएको छ ।