८ बैशाख २०८१, शनिबार
Follow Us

अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण

नेपालब्रिटेन डट कम्
२७ असार २०७७, शनिबार १८:५०

बलिउड अभिनेता अमिताभ बच्चनसँगै उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरस संक्रमण भएको छ।

अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

हिन्दुस्तान टाइम्सका अनुसार उनले आफूहरू दुवै जना अस्पताल भर्ना भएको पनि बताएका छन्।

उनले ट्वीट गर्दै भनेका छन्, ‘मेरा बुवा र मलाई कोरोना संक्रमण भएको छ। हामी दुवैलाई कोरोनाका सामान्य लक्षणहरू देखा परेका छन्। हामीले सबै सम्बन्धित निकायलाई खबर गरिसक्यौं र हाम्रा परिवारका अन्य सदस्यहरूको पनि परीक्षण भइरहेको छ। म सबैलाई शान्त रहन र नआत्तिन आग्रह गर्छु। धन्यवाद।’

बलिउडका धेरै कलाकार र प्रशंसकहरूले अमिताभ र अभिषेक दुवैको शीघ्र स्वास्थ्य लाभ कामना गरेका छन्।