८ बैशाख २०८१, शनिबार
Follow Us

मध्यपूर्वमा पनि एनआरएनए डिजिटल परिचयपत्र वितरण सुरु

नेपालब्रिटेन डट कम्
२८ असार २०७७, आईतवार ००:०६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले डिजिटल परिचयपत्र वितरण कार्यलाई जोडतोडकासाथ अघि बढाउंदै आएको छ । एनआरएनएलाई डिजिटल प्रविधियुक्त बनाउन स्मार्ट एनआरएनए प्रोजेक्टको घोषणा गरेलगतै संघले डिजिटल परिचयपत्र सम्बन्धि काम अघि बढाएको हो ।

संघका महासचिव डा हेम राज शर्माका अनुसार एनआरएन अमेरिका, अष्ट्रेलिया पछि कतार, जर्मनी र जापानका सदस्यहरुलाई डिजिटल आईडि वितरण गरिने भएको छ । संघले पहिलो पटक मध्यपूर्वको कतारबाट परिचयपत्र बाढ्न सुरु गरेको हो ।

एमआईएस प्रणालीमा दर्ता नभएमा वा सदस्यको पूर्ण विवरण ९नाम, फोटो, र ईमेल० प्राप्त नभएका राष्ट्रिय समितिलाई तत्काल डिजिटल परिचयपत्र वितरण गर्न नसकिने संघले जनाएको छ । पन्जिकृत सदस्यको पूर्ण विवरण केन्द्रमा पुगेपछि मात्र डजिटल आईडि वितरण गर्न सकिने संघले बताएको छ ।

एनआरएनए यूकेको विवरण पठाउन ढिलाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एमआईएस प्रणालीबाट सदस्यता वितरण नगरेका कारण सदस्यता वितरण प्रकृयामा ढिलाई हुने भएको छ ।

एनआरएनए यूकेका सदस्यहरुको विवरण पूर्णरुपमा एमआईएस प्रणालीमा रुपान्तरण भई नसकेको र सम्पूर्ण सदस्यहरुको पूर्ण विवरण (ईमेल) केन्द्रमा प्राप्त नभएको कारणले परिचयपत्र वितरणमा ढिलाई हुने भएको संघका महासचिव डा। शर्माले जनाएका छन् ।

एनआरएनए यूकेको सदस्यहरुको परिचयपत्र बन्न ढिलाई भए पछि संघले सदस्यता वितरण समितिका संयोजक रामचन्द्र पोखरेलको संयोजकत्वमा रहेका समितिलाई परिचालन गरेको छ ।

एनआरएन यूके लगायतका सदस्यहरुको सम्पूर्ण विवरण प्राप्त भएपछि सबै राष्ट्रिय समितिमा डिजिटल परिचयपत्र वितरण सुरु हुने डा. शर्माले बताए ।

योसंगै बेलायतमा ढिलाई हुन गैरहेको डिजिटल परिचयपत्र वितरणको काम अगाडी बढेको हो ।