१९ बैशाख २०८१, बुधबार
Follow Us

मेरो प्रेम सम्बन्धलाई लिएर विभिन्न सञ्चारमाध्यममा आएका खबरमा सत्यता छैन : पूर्णिका शाह

नेपालब्रिटेन संवाददाता
२८ असार २०७७, आईतवार ०२:२६

काठमाडौं । पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका शाहले आफ्नो प्रेम सम्बन्धलाई लिएर विभिन्न सञ्चारमाध्यममा आएका खबरमा सत्यता नभएको बताएकी छिन् ।

थाइल्यान्डमा बसेर इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययन गरिरहेकी उनले आफ्नो बारेमा निराधार खबर फैलिएपछि सामाजिक सञ्जाल टिकटकमार्फत धारणा सार्वजनिक गरेकी हुन् । उनले निजी जीवनका बारेमा आएको खबर कपोकल्पित भएको बताएकी छिन् ।

केही दिनअघि १९ वर्षीया पूर्णिका प्रेममा परेको र यो विषयमा आमा हिमानीसमेत जानकार रहेको खबर सार्वजनिक भएको थियो ।