६ बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्री दाहाल र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७३, आईतवार १०:४७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज विहान भेटवार्ता भएको छ । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको हो ।
दाहालले भेटमा संविधान संशोधन विधेयक, प्रतिपक्षद्वारा जारी संसद अवरोध लगायत विषयमा राष्ट्रपतिलाई जानकारी गराएका छन । भेटमा प्रधानमन्त्रीले राष्ट्रपतिलाई आगामी २०७४ माघसम्ममा तीन तहका निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता रहेको स्मरण गराउँदै संविधान संशोधनमार्फत असन्तुष्ट पक्ष र समूहका माग सम्बोधन गरी निर्वाचनको वातावरण बनाउन सरकार प्रयासरत रहेको जानकारी गराएका थिए ।
संविधान संशोधन प्रस्तावविरुद्ध प्रमुख प्रतिपक्षी एमाले सहितका दलले आन्दोलन घोषणा गरेको भन्दै प्रधानमन्त्रीले दलहरुबीच सहमति कायम गर्न राष्ट्रप्रमुखका रुपमा भूमिका खेलिदिन समेत भण्डारीलाई आग्रह गरेका छन । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान राजनीतिक गतिरोध अन्त्य गरी संविधान कार्यान्वयनमा दलहरु मिलेर जानुको बिकल्प नभएको भन्दै त्यसमा पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेकी छन ।
संविधान संशोधन प्रस्ताव दर्तासंगै दलहरुबीच धुव्रिकरण बढेकोप्रति चिन्ता व्यक्त गर्दै भेटमा राष्ट्रपति भण्डारीले संविधान कार्यान्वयनको बिषयमा दलहरुबीच समझदारी कायम हुनुपर्नेमा जोड दिएकी हुन ।