१२ बैशाख २०८१, बुधबार
Follow Us

यूएईमा आजबाट भिसा नवीकरण खुला

नेपालब्रिटेन संवाददाता
२८ असार २०७७, आईतवार ०७:०५

युएई । संयुक्त अरब इमिरेट्स ‘यूएई’ले कोरोना भाइरस संक्रमणका कारण रोकिएको भिसा नवीकरण प्रक्रिया खुला गरेको छ । यूएई सरकारले आजबाट लागू हुने गरी आवासीय भिसा, आइडी कार्ड र वर्क परमिट भिसा नवीकरण फुकुवा गरेको हो ।

भिसा र वर्क परमिटको समय सकिएका कामदारहरुले आगामी सेप्टेम्बरसम्म भिसा नवीकरण गर्न पाउने यूएई सरकारले जानकारी दिएको छ । यो निर्णयबाट यूएईमा भिसा अवधि सकेर बसेका नेपाली लगायत हजारौं कामदार लाभान्वित हुने भएका छन् ।

भिसा सकिएका केही विदेशी कामदार यसअघि नै स्वदेश फर्केका छन् । कोरोना संक्रमण घट्दै गएपछि यूएई सरकारले भिसामा लगाइएको रोक फुकुवा गरेको हो । यूएईमा हालसम्म ५४ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ भने ३ सय ३१ जनाको मृत्यु भएको छ ।