१३ बैशाख २०८१, बिहीबार
Follow Us

सनराइज बैंकको काठमाडौं उपत्यकामा एकैपटक ४ शाखा र १ विस्तारित काउन्टर

नेपालब्रिटेन संवाददाता
२८ असार २०७७, आईतवार ०९:१८

काठमाडौं । सनराइज बैंकले काठमाडौं उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले आज एक कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा चारवटा शाखा कार्यालय र एकवटा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो ।

शाखा कार्यालयहरुको उद्घाटन गर्दैं बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले कोरोना संक्रमणको असरका कारण खर्च कटौतिमा ध्यान दिनुपर्ने अवस्था आए पनि पूर्व निर्धारित योजना अनुसार शाखा कार्यालयहरु सञ्चालनमा ल्याइएको बताए ।

बैंकले कपन, भङ्गाल, कान्तिपथ, कुमारीगालमा शाखा कार्यालय र हरिसिद्धिमा एक्सटेन्सन शाखा कार्यालय गरी एकैसाथ पाँच वटा कार्यालय सञ्चालनमा ल्याएको हो । सनराइज बैंकको नयाँ शाखा कार्यालयहरु स्थापना भएसँगै शाखा कार्यालयको संख्या १ सय ३४ पुगेको छ । यस्तै बैंकले देशभर १ सय ६० एटिएम काउन्टर, ४८ वटा शाखा रहित बैंकिङ र १० एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा दिदै आएको छ ।