८ बैशाख २०८१, शनिबार
Follow Us

विपद्को बेला राष्ट्रिय एकता आवश्यक : अध्यक्ष दाहाल

नेपालब्रिटेन संवाददाता
२८ असार २०७७, आईतवार ०९:२०

चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विपद्को बेला राष्ट्रिय एकता कायम गर्नुपर्ने बताएका छन् । आज विपद् व्यवस्थापन समिति चितवनको बैठकमा उनले राष्ट्रिय एकताका लागि आह्वान गरेका हुन् ।

एकातिर कोरोना र अर्कातिर बाढी पहिरोको विपद् भइरहेको समयमा पार्टीका विवादहरु सामान्य हुने अध्यक्ष दाहालको भनाइ थियो । नेकपा भित्रको विवादलाई संकेत गर्दै उनले विपद्को बेला आन्तरिक कुरा गर्दा कसैलाई फाइदा नहुने जिकिर गरे ।

नेकपाको विवादबारे छलफल चलिरहेकै बेला बाढी पहिरोको जोखिम बढेपछि बैठक रोकेर आफु चितवन आएको अध्यक्ष दाहालले बताए । उनले चितवनमा बाढी नियन्त्रण र रोकथामका लागि नारायणी, राप्ती र रिउमा रिङरोड सहितको तटबन्धका लागि काम शुरु भइसकेको जानकारी पनि दिए । दाहाल शनिवार चितवन आएका हुन् ।