१५ चैत्र २०८०, बिहीबार
Follow Us

पति हत्याको आरोपमा पक्राउ

नेपालब्रिटेन संवाददाता
२८ असार २०७७, आईतवार १२:२१

रुकुम(पूर्व) मा पति हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिस्ने गाउँपालिका वडा नम्बर ६ झिङ्ग्रीकी महिलालाई प्रहरीले पतिको हत्या आरोपमा पक्राउ गरेको हो ।

शनिबार साँझ ५ बजेतिर घरायसी विवाद हुँदा पत्नी तिलसरादेवीले टाउकामा लठ्ठीले प्रहार गर्दा पति लुद्रबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।

घटनाको खबर पाएलगतै प्रहरीले राति १० बजे नै घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ । प्रहरीले तिलसरादेवीलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको प्रनि गुरुङले जानकारी दिनुभयो । अभियुक्त तिलसरादेवीलाई आज जिल्ला अदालतमा पेश गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।