७ बैशाख २०८१, शुक्रबार
Follow Us

अवैध मिर्गौला प्रत्यारोपणमा वडाध्यक्षदेखि कानून व्यवसायीसम्म संलग्न, १२ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
२८ असार २०७७, आईतवार १२:२४

काठमाडौं । अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा वडाध्यक्ष सहित १२ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचविखन ब्यूरोले आइतबार पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष सहित १२ जना पक्राउ गरेको जानकारी दिएको हो ।

व्युरोको टोलीले ललितपुरबाट ९ जना र चितवनबाट ३ जनालाई पक्राउ गरेको थियो । उनीहरूमाथि २०७६ जेठ २७ गते नक्कली माानिस खडा गरेर भरतपुर मेडिकल कलेज चितवनमा मृगौला प्रत्यारोपण गरेको आरोप लागेको छ ।

पक्राउ पर्नेमा ललितपुर वडा नम्बर ३ का श्रीगोपाल महर्जनसहित ३ जना डाक्टर, २ जना महिला, १ जना कानून व्यवसायी र अन्य ५ जना रहेको व्युरो प्रमुख एसएसपी देव बहादुर बोहराले जानकारी दिए । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको व्युरोले जनाएको छ ।