१२ बैशाख २०८१, बुधबार
Follow Us

सरिता गिरिद्वारा सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर

नेपालब्रिटेन संवाददाता
२८ असार २०७७, आईतवार १२:२६

काठमाडौं । सरिता गिरिले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन् । जनता समाजवादी पार्टीबाट बर्खास्तीमा परेकी नेतृ गिरी आज आफैं उपस्थित भएर अदालतमा रिट दर्ता गरेकी हुन् ।

रिट निवेदनमा उनले सांसद पदबाट हटाउने पार्टीको निर्णय गैरकानुनी रहेको उल्लेख गरेकी छन् । जनता समाजवादी पार्टीले नेपालको नयाँ नक्सा जारी गर्दा विवादित अभिव्यक्ति दिएकी नेतृ गिरी पार्टी र सांसदवबाट निष्कासन गरेको थियो । उनी समानुपातिक तर्फकी सांसद थिइन् ।