१३ बैशाख २०८१, बिहीबार
Follow Us

फेक आइडीबाट गालीको वर्षा भयो : दिपकराज गिरी (भिडियो)

नेपालब्रिटेन डट कम्
२९ असार २०७७, सोमबार ०४:३३

काठमाण्डौ । राजेश हमाललाई दिपाश्री निरौलाले महानायक हो र भनेर प्रश्न गरेपछि उब्जिएको विवादमा मुछिएका दिपकराज गिरीले फेसबुक लाइभमा आएर आफ्नो धारणा राखेका छन् । दिपाश्रीको पक्ष लिएको भन्दै दर्शकहरुले तीब्र आलोचना गरेका बेला गिरीले अनावश्यक बहस गरेर कालाकारहरुलाई विवादमा ल्याइएको गुनासो गरेका छन् ।

दिपाश्रीले दर्शकमाझ माफी माग्दा पनि दर्शकले गाली गर्न नछोडेका कारण धेरै नराम्रो अवस्था सृजना भएको गिरीले बताएका छन् । महिला दिदी बहिनीले सानो गल्ती गर्दा फेसबुकमा फेक आइडी बनाएर गालीको वर्षा गरेको गिरीको आरोप छ ।

नक्कली आइडी खोलेर आलोचना गर्नेहरुलाई सरकारले कारबाही गर्नुपर्नेमा गिरीले जोड दिएका छन् । प्रकाश सुवेदीले संचालन गर्ने कार्यक्रम रजपट अंकलमा दिपाश्रीले एक प्रसंगमा राजेश हमाललाई अहिले महानायक भन्न नमिल्ने तर्क गरेकी थिइन् ।