August 13, 2020
12:20 PM | 5:05 PM

टोटनह्यामद्वारा आर्सनल पराजित

  13/07/2020 मा प्रकाशित

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले आर्सनललाई २–१ ले हराएको छ । गएराति टोटनह्यामको मैदानमा भएको लण्डन डर्बीमा घरेलु टोलीलाई विजयी गराउन सन हिउङ मिन र टोबी अल्डरवेराल्डले एक एक गोल गरे ।

पराजित टोली आर्सनलका अलेक्जेण्डर लाकाजेट्ले एक गोल फर्काए । जितपछि टोटनह्याम प्रिमियर लिग तालिकाको आठौं स्थानमा उक्लिएको छ भने आर्सनल नवौं स्थानमा झरेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा लेष्टर सिटीलाई ४–१ ले पाखा लगाउँदै बर्नमाउथले प्रिमियर डिभिजनमा जोगिने संभावना बलियो पारेको छ ।

गएराति आफ्नै मैदानमा हात पारेको जितपछि बर्नमाउथको ३५ खेलबाट ३१ अंक भएको छ । बर्नमाउथ रेलीगेशन क्षेत्रभन्दा माथि १७ औं स्थानमा रहेको वाट्फोर्डभन्दा ३ अंकले पछि रहेको छ ।

यो सिजन नरिच सिटी रेलिगेशनमा परिसकेको छ भने एस्टन भिल्ला रेलीगेशनको संघारमा छ । गएराति भएका अन्य खेलहरुमा वुल्भरह्याम्पटन वान्डरर्सले एभर्टनलाई ३–० ले हराउँदा एस्टन भिल्लाले क्रिष्टल प्यालेसमाथि २–० को जित निकालेको छ ।

प्रतिक्रिया