६ बैशाख २०८१, बिहीबार
Follow Us

सप्तरीमा यो बर्ष ६३ करोडको आँप बिक्री

नेपालब्रिटेन संवाददाता
२९ असार २०७७, सोमबार ०५:०१

लाहान । सप्तरीमा यो बर्ष ६३ करोडको आँप बिक्री भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, आँप जोन सप्तरीका अनुसार विगत ३ वर्षको तुलनामा यो बर्ष आँप उत्पादन उच्च देखिएको छ । जिल्लामा यो बर्ष २१ हजार मेट्रिक टन आँप उत्पादन भएको र किसानले आफनै घरमा बिक्री गरेको आँप जोन सप्तरीले जनाएको छ ।

सप्तरीमो १ हजार ५० हेक्टर जमिनमा आँप खेति हुँदै आएको छ । सप्तरीको सुरूङगा, खड्ग, शम्भुनाथ, बलान बिहुल,अग्नि साईर कृष्णा संवरण र कञ्चनरूप आँप उत्पादनका लागि प्रख्यात छन । यहाँ उत्पादित आँप देशका विभिन्न जिल्लाका साथै भारतसम्म जाने गर्दछ ।