१५ चैत्र २०८०, बिहीबार
Follow Us

सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७३, आईतवार १३:०२

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

सिंहदरबारस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा आज भएको भेटपछि नेपाली काँग्रेसका सभापति देउवाले पछिल्लो समयमा दलबीच विश्वासको सङ्कट आएको हुँदा सहमति र सहकार्यबाट समस्याको समाधान खोज्नुपर्ने विषयमा कुरा भएको बताउनुभयो ।

संविधान संशोधनको विषयमा असहमति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद् अवरुद्ध गर्दै आइरहेको छ । सोही विषयलाई लिएर भेटमा सभापति देउवाले सहमति र सहकार्यबाट अघि बढ्नुपर्नेमा जोड दिएको बताउनुभयो ।

नेकपा (एमाले) नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले दुई दलका शीर्ष नेताबीच समसामयिक विषयमा सौहार्द्रपूर्ण र सकारात्मक छलफल भएको र यसलाई निरन्तरता दिनेबारे छलफल भएको जानकारी दिनुभयो ।