१६ चैत्र २०८०, शुक्रबार
Follow Us

तनहुँ पहिरो : मृत्यु हुनेको संख्या ६ पुग्यो

नेपालब्रिटेन संवाददाता
२९ असार २०७७, सोमबार ०८:५५

तनहुँ । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण तनहुँमा छ जनाको मृत्यु भएको छ । ५ जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–८ भैंसीकिलेका ३० वर्षीय भेषबहादुर थापा र व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थापा र २१ वर्षीय अन्जन थापा रहेका छन् ।

मृत्यु हुने माँझफाँटका तीन जना एकै परिवारका हुन् । सोही परिवारका २० वर्षीय राजेश थापा तथा रिसिङ–८ का भेषबहादुरकी श्रीमती २९ वर्षीया नानुमाया र छोरी ५ बर्षीया अमिषा तथा २२ बर्षीय महादेव र उनकी श्रीमती १९ वर्षीया मनिसरा थापा बेपत्ता छन् ।

पहिरोका कारण व्यास–९ माझफाँटकै ७० वर्षीया मैतकुमारी घर्तीको पनि मृत्यु भएको छ । यस्तै, म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा पहिरोले घर भत्किदा घाइते भएकी १७ वर्षीया लक्ष्मी विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

पहिरोमा परि व्यास–९ माझफाँटका केशरबहादुर थापा र रिसिङ–८ की ६० वर्षीया ज्योति थापा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखराको गण्डकी अस्पताल पठाइएको छ । बेपत्ता सबैको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।