२६ बैशाख २०८१, बुधबार
Follow Us

प्युठानमा पुनः देखियो सलह किरा

नेपालब्रिटेन संवाददाता
२९ असार २०७७, सोमबार ०८:५८

प्युठान । प्युठान जिल्लामा पुनः सलह किरा देखा परेका छन् । आज प्युठानमा देखा परेका सलह आइतबार भारतबाट दाङ हुँदै नेपाल प्रवेश गरेको समूह भएको कृषि विज्ञहरुले बताएका छन् । प्यूठानको सरुमारानी गाउँपालिका हुँदै सलह किरा भित्रिएका हुन् ।

यसअघि करीव एक साता सलहले जिल्लामा विभिन्न बालीमा क्षति पु¥याएको अवस्थामा पुनः प्यूठानमा सलह भित्रिएपछि किसान चिन्तित बनेका छन् । केहि समय वर्षात भएपछि सलह नदेखिएपनि पुनः आज दाङ हुँदै प्यूठान भित्रिएपछि किसान चिन्तित बनेका छन् ।

अहिले जिल्लाभर किसानहरु आगो लगाएर धुवा उडाउने, टिन ठटाउने गरेर किरालाइ बालीमा बस्न नदिने प्रयास किसानहरुले गरिरहेका छन । पन्ध्र दिन पहिले पनि नेपालमा सलहका ससाना समूहमा भित्रिएका थिए । अहिले हावाको गति पूर्वोत्तर दिशामा रहेकाले भारतबाट सलहको बगाल नेपाल प्रवेश गरेका हुन् ।

सलहले प्युठान, अर्घाखाँचीलगायतका अन्य छिमेकी जिल्लाहरूमा प्रवेश गरी नोक्सान गर्न सक्ने सम्भावना औल्याइएको छ । भारतको राजस्थानतर्फबाट पनि अर्को ठूलो समूह आउँदै गरेकाले त्यसको खतरा पनि रहेको कृषि मन्त्रालयले जनाएको छ ।