August 8, 2020
4:47 AM | 9:32 AM

उद्धारमा खटिन वरिष्ठ नेता पौडेलको आग्रह

  13/07/2020 मा प्रकाशित

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँका विभिन्न ठाउँमा पहिराका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन कार्यकर्तालाई आग्रह गर्नुभएको हो ।

वरिष्ठ नेता पौडेलले आज एक विज्ञप्ति जारी गरी स्थानीय तहका जनप्रतिनिधि, नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई घटनास्थलमा पुगेर उद्धार एवम् राहतमा खट्न आग्रह गर्नुभएको हो । बाढीपहिरा जस्ता प्राकृतिक प्रकोपमा आपतकालीन संयन्त्रको प्रयोग गरी तत्काल उचित उद्धार, राहत साथै विस्थापितलाई बासको व्यवस्था मिलाउन वरिष्ठ नेता पौडेलले सरकारसँग माग गर्नुभएको छ ।

प्रतिक्रिया