१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘नेपालको कुल गार्हस्थ उत्पादनमा करिब दुई खर्बको क्षति’

नेपालब्रिटेन संवाददाता
२९ असार २०७७, सोमबार १६:५८

काठमाडौं नेपाल राष्ट्र बैंकले कोभिड १९ का कारण नेपालको कुल गार्हस्थ उत्पादननमा करिब दुई खर्बको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । आज सिंहदरबारमा अर्थसमितिको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले देशको कुला गार्हस्थ उत्पादनमा १ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको जानकारी दिएका हुन । कोरोना संक्रमणले होटल, रेस्टुरेन्ट, यातयात, निर्माण र व्यपाार क्षेत्रमा सबैभन्दा बढी असर परेको गभर्नर अधिकारीले बताए ।

गभर्नर अधिकारीले कोरोना भाइरसको कारण बैंकिङ क्षेत्रको निक्षेप संकलन तथा कर्जा प्रवाहमा परिवर्तन भएको समेत बताए । उनले २०७६ चैत देखि २०७७ जेठ सम्म बैंकको निक्षेप बढेको तर कर्जा बढ्न नसकेको पनि जानकारी दिए । बैंक तथा वित्तीय संस्थामा निक्षेप १ खर्ब ७२ अर्बले र कर्जा १६ अर्बले मात्र बढेको उनको भनाइ छ ।

राष्ट्र बैंकले अनलाइन सर्वेक्षण मार्फत कोभिड १९ बाट सिर्जित समस्याको विश्लेषण गरिरहेको पनि गर्भनर अधिकारीले बताए । सर्वेक्षणबाट प्राप्त भएका नतिजाको विश्लेषण गर्दा कतिपय व्यवसाय सामान्य अवस्थामा फर्कन करिब १ वर्ष लाग्ने देखिएको छ ।