७ बैशाख २०८१, शुक्रबार
Follow Us

म्यान्चेस्टर युनाईटेड बराबरीमा रोकियो

नेपालब्रिटेन संवाददाता
३० असार २०७७, मंगलवार ०४:३३

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडलाई साउथह्याम्प्टनले २–२ गोलको बराबरीमा रोकेको छ ।

खेलमा साउथह्याम्पटनका स्टुवार्ट आर्मस्ट्रंगले पहिलो गोल गरे । तर म्यान्चेस्टर युनाईटेडका मार्कस रास्फोर्ड र एन्थोनी मार्टियलले एक एक गोल गर्दै पहिलो हाफमै टोलीलाई २–१ को अग्रतामा पुर्‍याए ।

दोस्रो हाफमा साउथह्याम्पटनका मिचेल ओबाफेमीले एक गोल गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको हो । गएराति आफ्नै मैदानमा भएको खेल बराबरीमा रोकिएपछि म्यान्चेस्टर युनाईटेडले तालिकाको तेस्रो स्थानमा उक्लने अवसर गुमाएको छ ।

पाँचौ स्थानमै रोकिएको म्यान्चेस्टर युनाईटेडको लिगमा ३५ खेलबाट ५९ अंक छ । समान अंक जोडेको लेष्टर सिटी गोल अन्तरको आधारमा चौथो स्थानमा रहँदा तेस्रो स्थानको चेल्सीको ६० अंक छ ।

च्याम्पियन लिभरपुलको ९३ अंक छ भने ७३ अंकका साथ म्यान्चेस्टर सिटीले दोस्रो स्थान सुरक्षित गरिसकेको छ ।