१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दाउन्नेमा पहिरो खस्दा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

नेपालब्रिटेन संवाददाता
३० असार २०७७, मंगलवार ०४:३७

नवलपरासी । नवलपरासीको दाउन्नेमा पहिरो खस्दा पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ विश्वकर्मा बाबा मन्दिर नजिकै दाउन्नेको उकालोमा पहिरो खसेको हो ।

विश्वकर्मा मन्दिर नजिकै घिउ खोलामा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । विहान चार बजेतिर पहिरो खसेपछि राजमार्गमा यातायात ठप्प छ ।

पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । पहिरोसँगै खसेको रुखले बा १४ च ७०२० नम्बरको कार र ना ६ ख १५५९ नम्बरको ट्रकमा क्षति पुर्‍याएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी र प्रहरीले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेका छन् ।