१३ बैशाख २०८१, बिहीबार
Follow Us

स्याङ्जामा पहिरोले पुरिएर एक जनाको मृत्यु, तीन जना बेपत्ता

नेपालब्रिटेन संवाददाता
३० असार २०७७, मंगलवार ०९:४०

स्याङ्जा । स्याङ्जाको कालिगण्डकी गाँउपालिकामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन । कालिगण्डकी गाँउपालिकाको बडा नम्बर चारमा रहेको खहरे खोलामा झरेको पहिरो हेर्न गएको सोही गाँउपालिका बडा नम्बर चारका ७० बर्षिय इमान सिंह रानाको मृत्यु भएको हो । उनी पूर्व गाविस अध्यक्ष समेत हुन् ।

पहिरोमा परेर गम्भीर घाइते उनको उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पहिरोमा परेर प्रेमचन्द्र पाण्डे, टिका थापा र गिमान सिहँ थापा बेपत्ता भएका छन् । उनीहरुको खोजी जारी रहेको छ ।

पहिरोले वडा सदस्य होमनाथ पाण्डे र बिर बहादुर राना घाइते भएका छन् । दुबैको गल्याङस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । वर्षासँगैको पहिरोका कारण पुतलीबजार नगरपालिका १ मा एक जना गम्भिर घाइते भएका छन् ।