६ बैशाख २०८१, बिहीबार
Follow Us

नेपालमा संक्रमितको संख्या १७ हजार नाघ्यो

नेपालब्रिटेन संवाददाता
३० असार २०७७, मंगलवार ११:००

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा गरिएको नमूना परीक्षणमा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै सङ्क्रमितको सङ्ख्या १७ हजार ६१ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार ३२८ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ३८ जना भएको छ ।