२५ बैशाख २०८१, मंगलवार
Follow Us

किन गरियो प्रहरी चौकीमाथि आक्रमण ?

नेपालब्रिटेन डट कम्
२६ मंसिर २०७३, आईतवार १३:१५

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर–१३ स्थित नयाँबस्तीमा रहेको प्रहरी बिटमा आइतबार स्थानीय बासिन्दाले आक्रमण गर्दा १० जनाभन्दा बढी प्रहरी घाइते भएका छन् ।
मदिरा सेवन गरी ट्याक्सी चलाएको आरोपमा पक्राउ परेका ट्याक्सीचालक राजु लामाको मृत्यु भएको भन्दै स्थानीयबासीले नयाँबस्तीको महानगरीय प्रहरी बिटमा अन्धाधुन्द आक्रमण गरेका हुन् ।
आक्रोशित भीडले प्रहरी बीटको पार्किङमा रहेको प्रहराको चारओटा मोटरसाइकलमा आगजनी गर्नुका साथै बिटमा रहेका प्रहरीमाथि पेट्रोल छर्केर आगजनी गर्ने प्रयास गरेका थिए ।
साथै, उनीहरुले ड्युटीमा रहेका प्रहरीमाथि लाठी प्रहार गर्दा केही प्रहरी घाइते भएका छन् ।
असई विद्याधर चौधरीको नेतृत्वमा सातजनामात्र प्रहरी सो बिटमा रहेकोमा स्थानीयको आक्रमणबाट सई सन्दीप नापितको नाक भाँचिएको छ । अन्धाधुन्द आक्रमण सुरु भएपछि केही प्रहरीले झ्यालबाट हामफालेर ज्यान जोगाएका छन् ।
आक्रमणले उग्ररुप लिएपछि घटनास्थलमा पुगेका अरु प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायरसमेत गर्नुपरेको थियो । चौकी आक्रमणमा संलग्न भएको आरोपमा २१ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रधुम्न कार्कीले जानकारी दिए ।
स्थानीयको आक्रमणपछि थप प्रहरी घटनास्थल पुग्न ढिलाइ हुँदा क्षति बढी भएको बताइएको छ । घटनापछि नयाँबस्ती प्रहरीचौकीमा थप प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।