६ बैशाख २०८१, बिहीबार
Follow Us

शाही र कार्कीलाई एआईजीमा सिफारिस

नेपालब्रिटेन संवाददाता
३१ असार २०७७, बुधबार १६:२५

काठमाडौं । गृहमन्त्रालयले नेपाल प्रहरीका डिआईजी निरजबहादुर शाही र प्रद्युम्नकुमार कार्कीलाई अतिरिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्न सिफारिस गरेको छ ।

मन्त्रालयले शाहीलाई एक नम्बर र कार्कीलाई दोस्रो नम्बरमा बढुवा सिफारिस गरेको हो । शाहीलाई सय नम्बरमा ७१ दशमलब ४९६१ अंक दिइएको छ भने कार्कीले ६८ दशमलब ७२७६ अंक प्राप्त गरेका छन् ।

असार ३१ गते बुधबार बसेको बुढा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान अनुसार बढुवा गरिएको हो ।

शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षकमा बढुवा भएपछि उनले गरेको यो पहिलो निर्णय हो । यो निर्णयसँगै महानिरीक्षक थापा क्षेत्रीले संगठनलाई न्याय गरेको चर्चा गरिएको छ ।