१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भोटेकोशी गाउँपालिकामा पहिरोले पुरिएर ५ जना बेपत्ता

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०७७, बिहीबार ०३:२९

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा पहिरोले दुईवटा घर पुरेको छ । गएराति घरमाथिबाट एक्कासी आएको पहिरोले दुई घर पुरेको हो । पहिरोमा परेर दुई घरका पाँच जना महिला बेपत्ता भएका छन । प्रहरी घटनास्थल पुग्न सकेको छैन ।

अबिरल वर्षाले गएराति नै भोटेकोशी नदिमा १.५ मिलिमिटर नदिको सतह बढ्दा तल्लो तटिए क्षेत्रका स्थानिय समेत त्रसित भएका छन । पहिरोले स्थानीय एक विद्यालयमा पनि क्षति पुर्‍याएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

केही दिनअघि सिन्धुपाच्चोककै भोटेकोशी र बाह्रबिसेमा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो भने २० जना बेपत्ता भएका थिए । बेपत्तान अहिलेसम्म फेला पर्न सकेका छैनन् ।