१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कमलाको तरंगमा रामकृष्ण, मेलिना लगायतका गायक गायिकाको स्वर

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०७७, बिहीबार ०३:४२

काठमाडौँ । गीतकार कमला न्यौपानेको गीति एल्बम तरंग सार्वजनिक भएको छ । लामो समयदेखि अमेरिकामा बस्दै आएकी गीतकार न्यौपाने पेशाले नर्स हुन् । गीतकार न्यौपानेले नेपाली साहित्यतर्फ गीत, कबिता, मुक्तक र गजल लेख्न मन पराउंछिन् ।

उनको एल्बम तरंगमा चर्चित गीतकार तथा संगीतकार येदीन गजमेरज्यूले एकल संगीत रहेको छ । जसमा राम कृष्ण ढकाल, स्वरूपराज आचार्य, मेलीना राई, अनुप रेग्मी, बानीका प्रधान लगायतका गायक गायिकाको स्वर रहेको छ ।

एल्बम लोर्कापणको अवसरमा बोल्दै उनले तरंग एल्वम मानिसका जीवनमा आइपर्ने सुख दुख, आरोह अबरोह, हांसो, रोधन ,सुख, दुख मिलन, बिछोड, प्रेम, त्यागको संगम भएको वताइन् ।