१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोरोना प्रभावितका लागि हिमानी कोषद्वारा आठौँ चरणको सहयोग हस्तान्तरण

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०७७, बिहीबार ०८:०१

काठमाडौं ।कोरोना प्रभावितहरुका लागि हिमानी कोषले आठौं चरणको राहत उपलब्ध गराएको छ । आज कोषको कार्यालय बालुवाटारमा आयोजित कार्यक्रममा संघ कि अध्यक्ष हिमानी साहले खाद्यान्न तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन । स्वास्थ्य सामाग्री विद्यालय, सामाजिक संघसंस्था र स्थानीय तहहरुलाई उपलब्ध गराइएको हो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै कोष कि अध्यक्ष साहले कोरोना संक्रमण नियन्त्रणका लागि कोषले विपन्न र समस्यामा परेकाहरुलाई सहयोग दिने क्रम निरन्तर जारी राख्ने बताइन ।

अध्यक्ष शाहले नेपालमा लकडाउन पालना गर्दा गदै संक्रमित र मृतकको संख्या बढदै मा चिन्ता समेत प्रकट गरिन । दिन प्रतिदिनको खस्कदो अर्थतन्त्रवाट आम नेपाली नागरिकहरु रोग भोक र शोकले त्रसित हुनुका साथसाथै रोजिरोटीको समस्यावाट समेत आक्रान्त हुनु दुःखद भएको उनको भनाइ छ ।

कोरोनासँगै देशले कतै सलह कतै बाढीको सन्त्रास ब्यहोर्नु परेकोमा पनि शाहले चिन्ता जनाएकी छिन । कोरोना संक्रमणलाई मानिसको इच्छाशक्ति र प्रतिरोधात्मक क्षमताले पराजित गर्न सक्ने देखिएको भन्दै उनले विज्ञको भनाइला मनन गर्दै अनुशासित ब्यवहार र सकारात्मक सोचले सुरक्षित रहन पनि आब्हान गरिन ।

शाहले कोरोना महामारी विच आत्महत्या दर बढेकोमा पनि चिन्ता जनाएकी छिन । मानसिक स्वास्थ्य सन्तुलन राख्न आवश्यक परेमा परामर्शदाता एवं स्वास्थ्यकर्मीसंँग परामर्श लिन पनि उनले आब्हान गरिन । कोषले कार्यक्रममा पन्चकन्या स्कुल छाउनीका ५० विद्यार्थी, चितवनका ६० चेपाङ र केयर चाइण्ड काठमाडौंका १५ विद्यार्थीलाई लाई खाद्यान्न उपलब्ध गराएको छ ।

त्यस्तै रौतहटका आइसोलेसनका लागि १५ सय झुल, गोरखा नगरपालिकालाई ५ सय झुल र वाटर फिल्टर, कञ्चनपुर आइसोलेसनलाई पानी, लामखुट्टे धुप, सेनिटरी प्याड, जिवनजल लगायत सामाग्री उपलब्ध गराएको छ । केही स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री पनि उपलब्ध गराएको छ । यसअघि पनि कोषले चिकित्सक, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई विभिन्न चरणमा सहयोग उपलब्ध गराएको थियो । कोषले प्रधानमन्त्री कोषमा समेत २ करोड सहयोग गरेको छ ।