७ बैशाख २०८१, शुक्रबार
Follow Us

अध्यक्ष द्वयको छलफलमा माधव नेपालको प्रवेश

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०७७, बिहीबार ०८:११

काठमाडौं । पार्टी भित्रको आन्तरिक विवाद टुंगो लगाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा अध्यक्षद्धोय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँगै बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल पनि सहभागी छन् । बुधबारको छलफलमा प्रचण्डले माधव नेपालसहित बसेर सहमति गर्ने प्रस्ताव राखेका थिए ।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको पार्टी अध्यक्षसहित दुबै पदबाट राजीनामा माग भएपछि जारी विवाद अहिलेसम्म सुल्झिएको छैन्। दुई अध्यक्षबीच यस विषयमा थुप्रै पटक भएका छलफलमा दुबै आआफ्नो अडानमा अडिग रहेपछि विवाद मिल्न नसकेको हो।