१५ चैत्र २०८०, बिहीबार
Follow Us

थप १६७ जनामा कोरोना सङ्क्रमण, २१३ जना डिस्चार्ज

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०७७, बिहीबार १४:५९

काठमाडौं । नेपालमा थप १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २७ वटा प्रयोगशालामा चार हजार ९८१ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमितको सङ्ख्या १७ हजार ३४४ पुगेको छ ।

प्रवक्ता डा गौतमका अनुसार कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २१३ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार २४९ जना रहेको छ । कोरोना सङ्क्रमणबाट हालसम्म ३९ जनाको मृत्यु भइसकेको छ ।

आज देखिएका सङ्क्रमितमध्ये बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका दुई र सुनसरीका चार, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका दुई, उदयपुरका एक र इलामका ६, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका तीन र ओखलढु्ङ्गाका १५ जना रहेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका २६, नारायणी अस्पताल वीरगञ्जमा पर्साका दुई, बाराका एक र रौतहटका ६, भरतपुर अस्पताल प्रयोगशालामा धनुषाका एक, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा काठमाडौँका एक जनामा कोरोना कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी कीटजन्य रोग अनुसन्धान तालीम केन्द्र प्रयोगशाला हेटौँडामा नवलपरासी पूर्वका १७, रौतहटका ६ र मकवानपुरका तीन, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बागलुङका दुई र स्याङजाका एक, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा रुपन्देही र प्यूठानका एक÷एक तथा भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा बाँकेका आठ, सुर्खेतका दुई, बर्दिया र दाङका एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै, पीसीआर प्रयोगशाला दैलेखमा दैलेखका ६, चौरजहारी नगरपालिका प्रयोगशालामा रुकुम पश्चिमका एक, सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा सुर्खेतका एक, सल्यान र जाजरकोटका दुई÷दुई, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मुगुका एक, डडेल्धुरा अस्पतालमा डडेल्धुराका आठ तथा सेती प्रादेशिक अस्पताल धनगढीमा अछामका चार, कैलाली र कञ्चनपुरका १४÷१४ र बझाङका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।