११ बैशाख २०८१, मंगलवार
Follow Us

पूर्वएआइजिपी, नेकपा केन्द्रीय सदस्य,देखी निवर्तमान सदस्यसचिवको राखेपमा दाबेदारी

नेपालब्रिटेन डट कम्
२ श्रावण २०७७, शुक्रबार ०३:२४

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य लीलबहादुर थापामगरसहित कुल २७ जनाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिव पदका लागि दाबेदारी दिएका छन्।

नयाँ ऐन जारी भएसँगै रिक्त रहेको नेपाली खेलकुदको कार्यकारी निकाय राखेपको सदस्यसचिव पदका लागि नेकपाका केन्द्रीय सदस्य थापामगर, पूर्वएआइजिपी रणबहादुर चन्ददेखि निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालले दाबेदारी प्रस्तुत गरेका हुन्। युवा तथा खेलकुद मन्त्रालयले राखेप सदस्यसचिव पदका लागि आह्वान गरेको दरखास्तको समयसीमा बिहीबार सकिँदा पार्टीका ठूला नेतादेखि नेकपा निकट खेलकुदकर्मी गरी कुल २७ जनाको दाबेदारी परेको छ। खेलकुद विकास ऐन २०४८ खारेज हुँदै गत असार १७ गतेदेखि राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसँगै राखेपको बोर्ड नै रिक्त छ।

असार ११ गते नै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय खेलकुद विकास ऐन प्रमाणीकरण गरेसँगै करिब तीन दशकदेखिको खेलकुद ऐन खारेज भएको थियो र त्यससँगै रमेश सिलवालको सदस्यसचिव रहेको बोर्ड खारेज भएको थियो। साथै पहिलो पटक खुला प्रतिस्पर्धाबाट नेपाली खेलकुदको कार्यकारी पदका लागि नेतृत्व छनोट प्रक्रिया सुरु भएको थियो। त्यसका लागि मन्त्रालयले गत शुक्रबार मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौलाको छनोट समिति गठन गरेको थियो।

सोही समितिले पहिलो दिन नै छनोट कार्यविधि तयार पार्दा शुक्रबार नै राखेप सदस्यसचिव पदकका लागि दरखास्त आह्वान गरेको थियो। बिहीबार समयसीमा सकिँदा एक वर्ष राखेपको सदस्यसचिका रूपमा काम गरेका सिलवालले पुनः दाबेदारी प्रस्तुत गरेका थिए। वि.सं. २०१७ सालमा राष्ट्रिय खेलकुद परिषद् गठन भयो, होराप्रसाद जोशी पहिलो सदस्यसचिव थिए। त्यस समयदेखि निवर्तमान सदस्यसचिव सिलवालसम्म सिफारिसकै आधारमा नेपाली खेलकुदको नेतृत्व चयन भएको छ।

पहिलो पटक योग्यता र क्षमताका आधारमा राखेपको नेतृत्व चयनको मापदण्ड बनाइए पनि राजनीति छत्रछायाबाटै राखेप सदस्यसचिव नियुक्त हुने पक्का नै छ। तथापि नयाँ ऐनअनुसार राखेपको सदस्यसचिव बन्नका लागि स्नातक उत्तीर्ण, खेलक्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव र ३० वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ। यी योग्यता पूरा भएकाले योग्यताका कागजात र कार्ययोजनासहित मन्त्रालयमा दर्ता गराउनुपर्ने उल्लेख थियो। थपलियाको संयोजकत्वको सिफारिस समितिले आएका दरखास्तमध्येबाट योग्यता पुगेका एक महिलासहित तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ।

पहिलो पटक योग्यता र क्षमताका आधारमा राखेपको नेतृत्व चयनको मापदण्ड बनाइए पनि राजनीति छत्रछायाबाटै राखेप सदस्यसचिव नियुक्त हुने पक्का नै छ। तथापि नयाँ ऐनअनुसार राखेपको सदस्यसचिव बन्नका लागि स्नातक उत्तीर्ण, खेलक्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव र ३० वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ।

जसलाई मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्नेछ र मन्त्रिपरिषद्बाटै नयाँ ऐनअनुसार सदस्यसचिव प्राप्त हुनेछ। यीमध्ये सबैभन्दा प्रबल दाबेदार राखेपका निवर्तमान सदस्यसचिव रमेश सिलवाललाई हेरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासिलो पात्र भएकाले सिलवाल नै चयन हुने अनुमान गरिएको छ। थापामगर पूर्वमाओवादीको पोलिटब्युरो सदस्य एवम् खेलकुद विभाग फ्याक्सन इन्चार्जसमेत हुन्। उनलाई राखेपको सदस्यसचिव बनाउन पूर्वएमाले र माओवादीका नेतासमेत लागि परेता पनि प्रधानमन्त्री ओलीको चाहना भने सिलवाल नै रहेको स्रोतको भनाइ छ।

थापामगर नेपाल भलिबल संघका पूर्वउपाध्यक्ष र नेपाल आइटिएफ तेक्वान्दोका संस्थापक सदस्यसमेत हुन्। सिफारिस हुने तीन सदस्यमध्ये महिला कोटामा मीना श्रेष्ठलाई दाबेदारको रूपमा हेरिएको छ। राजनीतिक पृष्ठभूमिकी मीना तत्कालीन एमालेको युवा तथा खेलकुद विभाग केन्द्रीय सदस्यसमेत हुन्। केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा पहिलो कार्यकाल सम्हाल्दा श्रेष्ठ स्वकीय उपसचिवको रूपमा कार्यरत थिइन्। पूर्वएआइजी चन्द नेपाल सुटिङ संघको वि.सं. २०६१ देखि ०६६ सम्म महासचिव थिए। योग्यता तथा क्षमताका आधार राखेपको सदस्यसचिव नियुक्त हुने विश्वासका साथ आफूले आवेदन दिएको बताए।

त्यस्तै राखेपक बोर्डका पूर्वसदस्य एवम् टेबलटेनिसका प्रशिक्षक सुदिल साही, काठमाडौं जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष ध्रुवराज न्यौपाने र नेपाल स्केटबोर्ड संघका अध्यक्ष अच्युत खनाल छन्। फुुटबलका राम्रा खेलाडीसमेत रहेका न्यौपान नेपाल कुरास संघका अध्यक्षसमेत हुन् भने खनाल झलनाथ खनाल निकट मानिन्छन्।

राखेपकै पूर्वकर्मचारीसमेत रहेका अच्युतम् लामिछानेले पनि दाबेदारी दिएका छन्। उनले स्पोटर््स साइन्समा दक्षिण कोरियाको योङइन विश्वविद्यालयबाट विद्यावारिधि (पिएचडी) गरेका छन्। तत्कालीन एमालेको खेलकुद महासंघका नेता मेघराज पौडेलले पनि आवेदन दिएका छन्। झापाका उनी पर्वतारोहण खेलकुद महासंघ र नेपाल स्पोटर््स क्लाइम्बिङ संघका महासचिव हुन्। भलिबलकी पूर्वखेलाडी अन्जु श्रेष्ठ र नीलमसिंह वज्राचार्यले पनि दाबेदारी दिएका छन्।

सदस्यसचिवमा आदेवन दिने अन्यमा ललितपुरका रोशन महर्जन, चितवनका अनिल अधिकारी, सोलुखुम्बुका हर्कबहादुर राई, डँडेलधुराका शिवराज भट्ट, काठमाडौंका रवि राजकर्णिकार, ललितपुरकी नीलमसिंह वज्राचार्य, काठमाडौंका रामेश्वर श्रेष्ठ, पोखराका मनबहादुर गुरुङ, मोरङका विजयकुमार राई, काठमाडौंका सानुराजा केसी र किशोर शाही, काठमाडौंका रमेशमान डंगोल, बाजुराका खेमराज अधिकारी, काठमाडौंका राम पुडासैनी, ललितपुर सुनील नकर्मी (कराते खेलाडी), मकवानपुरका दीपेन्द्र ढकाल र कास्कीका तेजबहादुर गुरुङ छन्।