१२ बैशाख २०८१, बुधबार
Follow Us

चोर आएको भन्दै कुटपीट गर्दा काठमाडौंको गोलढुंगामा एक युवकको मृत्यु, एक घाइते

sarusaru
२ श्रावण २०७७, शुक्रबार ०७:११

काठमाडौं। गए राति चोर आएको आशंकामा टोलवासीले कुटपीट गर्दा काठमाडौमा एक किशोरको मृत्यु भएको छ। काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा स्थानीय टोलवासीको कुटाइबाट एकजनाको मृत्यु भएको हो।

टोलवासीले रक्सी खाएर आएको व्यक्ति चोरी गर्न गाउँ छिरेको भन्दै कुटपिट गरेका कारण मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ। परिसरका अनुसार गएराति १ बजेको समयमा चोर भन्दै टोलका व्यक्तिहरुको कुटाइबाट रसुवा घर भइ हाल कपुरधारा बस्दै आएका छिरिङ तामाङ मृत्यु भएको हो।

कुटपिटबाट रसुवाकै दोर्जे तामाङ घाइते भएका छन्। परिसर काठमाडौँका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार मृतक तामाङ र उनका एकजना साथी मध्यरातमा मदिरा सेवन गरेर हो हल्ला गर्दै गोलढुंगा पुगेका थिए। दुई भाइले हल्ला गरेपछि टोलमा चोर छिरेको भन्दै उनीहरुमाथि कुटपीट भएको थियो।

सो घट्नामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। एसएसपी ज्ञावालीका अनुसार मादक पदार्थ सेवन गरेर हल्ला गरेपछि कुकुर भुकेर उनीहरु गएको संकेत गरेपछि टोलवासीले चोर आएको भन्दै कुटपीट गरेका हुन्।
डिसी नेपाल