August 13, 2020
1:15 PM | 6:00 PM

थोमस बाख ओलम्पिकको दोस्रो कार्यकालका लागि उम्मेदवारी दिने

  17/07/2020 मा प्रकाशित

थोमस बाखले सन् २०२१ मा अन्तर्राष्ट्रिय ओलम्पिक समितिको अध्यक्षको रूपमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिनसक्ने बताउनुभएको छ ।

ओलम्पिकको अध्यक्षमा आठ वर्षका लागि सन् २०१३ निर्वाचित हुनुभएका जर्मनीका ६६ वर्षीय बाखले दोस्रो चार वर्षका लागि उम्मेदवारी दिनसक्ने प्रावधान रहेको छ । आईओसी अध्यक्षको निर्वाचन २०२१ को जुन महिनामा एथेन्समा हुनेछ ।

कोरोनाभाइरस महामारीका कारण भिडिया सम्मेलनेमार्फत गरिएको अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी)को १३६ औँ सम्मेलन सत्रमा बाखले भन्नुभयो, “यदि आइओसी सदस्यले चाहेको खण्डमा म दोस्रो कार्यकालका लागि आगामी वर्षहरूमा काम गर्न तयार रहने छु ।”

सन् १९७६ मा पश्चिम जर्मनीका लागि ओलम्पिकमा गोल्ड मेडल जित्न सफल बाखले समितिका धेरै सदस्यले आफुलाई अर्को कार्यकालका लागि उम्मेदवारी दिएमा सहयोग गर्ने आश्वासन दिएको बताउनुभयो ।

“प्रोत्साहन र विश्वासका धेरै शब्दहरूबाट म कृतज्ञ तथा आभारी छु,” बाखले आफ्नो दोस्रो कार्यकालका लागि उम्मेदवारीको सम्भावनालाई सङ्केत गर्दै भन्नुभयो ।

प्रतिक्रिया