७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रिमियर लिगः शीर्ष चारका लागि रोचक भिडन्त

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७७, शनिबार ०४:०८

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष चारका लागि रोचक भिडन्त भईरहेको छ । गएरातीको खेलमा म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटी विजयी भएसँगै शिर्ष चारको भिडन्त झनै रोचक बनेको हो ।

गएराति म्यान्चेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई तथा लेष्टर सिटीले शेफिल्ड युनाईटेडलाई २–० ले हराए । योसँगै तालिकामा तेस्रो स्थानको चेल्सीसँग चौंथो स्थानको लेष्टर सिटी र पाँचौ स्थानको म्यान्चेस्टर युनाईटेडले एक अंकको दुरी बनाएका छन् ।

लिगमा दुई चरणका खेलहरु बाँकी रहँदा यी तीन टोलीमध्ये दुई टोलीले च्याम्पियन्स लिगमा ठाउँ बनाउने छन् भने एक टोली युरोपा लिगमा खुम्चिनेछ । प्रिमियर लिग च्याम्पियन लिभरपुल र दोस्रो स्थानको म्यान्चेस्टर सिटी यसअघि नैं च्याम्पियन्स लिगमा छनौट भईसकेका छन् ।

लिगमा तेस्रो स्थानको चेल्सीले बाँकी दुई खेलमा लिभरपुल र वुल्भरह्याम्पटन वान्डरर्ससँग खेल्नेछ । यसैगरी लेष्टर सिटीले टोटनह्याम हट्सपर र म्यान्चेस्टर युनाईटेडसँग खेल्न बाँकी छ भने म्यानचेस्टर युनाईटेडले वेष्ट ह्याम युनाईटेड र लेष्टर सिटीसँग खेल्न बाँकी छ ।

म्यान्चेस्टर युनाईटेड र लेष्टर सिटीबिचको अन्तिम चरणको खेलले शिर्ष चारको छिनाफानो गर्नेछ ।