१३ बैशाख २०८१, बिहीबार
Follow Us

ऐश्वर्या राय र छोरी आराध्या पनि अस्पताल भर्ना

नेपालब्रिटेन संवाददाता
३ श्रावण २०७७, शनिबार ०४:२३

नयाँदिल्ली । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या पनि कोरोना भाइरसका कारण अस्पताल भर्ना भएका छन् ।

कोरोना भाइरसको संक्रमण देखिएपछि घरमै रहेका उनीहरुलाई अन्ततः मुम्बईको नानावती अस्पताल लगिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

परीक्षणमा संक्रमण देखिए पनि कुनै स्वास्थ्य समस्या नहुँदा उनीहरु घरमै थिए । तर सावधानीका लागि अस्पताल भर्ना गरिएको जानकारी प्राप्त भएको समाचार संस्था पिटिआईले जनाएको छ ।

ऐश्वर्याका श्रीमान् अभिषेक बच्चन र ससुरा अभिताभ बच्चन पनि कोरोना भाइरसको संक्रमण देखिएपछि यसअघि देखिनै सोही नानावती अस्पतालमा उपचाररत छन् ।