August 8, 2020
3:31 AM | 8:16 AM

चेल्सी एफए कपको फाइनलमा प्रवेश

  20/07/2020 मा प्रकाशित

लन्डन । म्यान्चेस्टर युनाईटेडलाई हराउँदै चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाईनल खेलमा चेल्सीले म्यान्चेस्टर युनाईटेडलाई ३–१ ले पाखा लगायो । चेल्सीका लागि ओलिभर जिरु र मेसन माउन्टले एक एक गोल गरे ।

म्यानचेस्टर युनाइटेडका ह्यारी म्याग्वेरले एक आत्मघाती गोल गरेका थिए । ७४ औँ मिनेटमा ३–० ले पछि परेको घरेलु टोली म्यान्चेस्टर युनाईटेडका लागि ब्रुनो फर्नान्डेजले एक सान्त्वना गोल फर्काए ।

चेल्सीले अब उपाधिका लागि आउँदो अगस्ट १ मा हुने फाईनल खेलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाईनलमा म्यान्चेस्टर सिटीलाई हराउँदै आर्सनल फाईनलमा पुगेको थियो ।

प्रतिक्रिया