१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वेष्ट इंडीज विरुद्धको दोस्रो टेष्ट म्याचमा इंग्ल्याण्ड ११३ रनले विजयी

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०७७, मंगलवार ०४:३३

लन्डन । वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्ट म्याच इंग्ल्यान्डले जितेको छ । ओल्ड ट्राफोर्डमा हिजो सम्पन्न टेष्ट म्याचमा घरेलु टोली इंग्ल्यान्डले वेष्ट इन्डिजलाई १ सय १३ रनले हराएको हो ।

दोस्रो टेष्टमा जित निकालेसँगै इंग्ल्यान्डले तीन खेलको श्रृंखलामा १–१ को बराबरी गरेको छ । पहिलो टेष्टमा इंग्ल्यान्ड ४ विकेटले पराजित भएको थियो ।

अब दुई टोलीबीचको अन्तिम तथा तेस्रो टेष्ट शुक्रबारबाट सुरु हुनेछ । दोस्रो टेष्टमा इंग्ल्याण्डले दिएको ३ सय १२ रनको चुनौति पछ्याएको वेष्ट इन्डिज १ सय ९८ रनमा अलआउट भयो ।

वेष्ट इन्डिजका शाम्रह ब्रुक्सले ६२ तथा जेर्मिने ब्लाकवुडले ५५ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् । इंग्ल्यान्डका स्टुवार्ड बोर्डले ३ विकेट लिंदै जितको आधार तयार पारे ।

यसअघि पहिलो इनिङ्समा इंग्ल्यान्डले १ सय ८२ रनको अग्रता लिएपछि पाहुना टोली वेष्ट इंडीज सुरुदेखि नैं दबाबमा परेको थियो ।